चितवन विशेष
भरतपुरमा ब्रम्हकुमारी राजयोगको सद्भावना भवनको उद्घाटन

चितवन,कात्तिक ४-
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले मंगलपुरमा निर्माण गरेको सद्भावना भवनको सोमबार उद्घाटन गरीएको छ । भवनको प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा सभामुख श्रेष्ठले ब्रम्हकुमारी राजयोगले समाजलाई सत्मार्गमा अघि बढ्न प्रेरित गरेको बताए । हिंसा, अपराध रहित समाजको परिकल्पना साकार गर्न धार्मिक आस्थाको भूमिकाको चर्चा गर्दै उनले राजयोगले सबै धर्मलाई समेट्न सक्नु नै सकारात्मक पक्ष रहेको उल्लेख गरे ।
कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका नेपाल निर्देशक राजयोगिनी राजदादीले सत्मार्गमा हिंड्नु नै राजयोग भएको बताइन् । कार्यक्रममा सद्भावना भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरीएको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद घनश्याम दाहाल, सांसद रामलाल महतो, पूर्वमन्त्री केशवलाल श्रेष्ठ, ब्रम्हकुमार रामकुमार ऐर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विभिन्न सांस्कृतिक प्रस्तुती र दैवि झा“की प्रस्तुत गरीएको थियो । विसं २०३६ सालमा चितवनमा पहलिो पटक स्थापना भएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको हालसम्म १८ वटा आफ्नै भवन निर्माण भइसकेका छन् ।