चितवन विशेष

विप्लवका छोरा प्रकाशसहित सिएमसीका विद्यार्थीले गरे तोडफोडको भत्सर्ना

Banner

चितवन, कात्तिक ३-

चितवन मेडिकल कलेजमा आइतबार साँझ भएको तोडफोडको घटनाको कलेजमा अध्ययनरत विद्यार्थीहरुले भत्सर्ना गरेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको तोडफोड, चिकित्सकमाथि भएको हातपात जस्तो अपराधिक घटनाको भत्सर्ना गरिएको छ । नेत्र विक्रम चन्द विप्लवका छोरासमेत रहेका चन्दले विद्यार्थीको नेतृत्व गर्दै मेडिकल शिक्षामा सुधारको माग राखेर आन्दोलन र विरोध गर्दै आइरहे पनि अस्पताल तोडफोडप्रति भने विरोध जनाएका हुन् ।

विज्ञप्तिमा राज्यको न्यायिक निकाय र अस्पताल प्रशासनले समयमै ध्यान नपुर्‍याउँदा सो घटना भएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ , ‘ राज्य र अस्पताल प्रशासन दुवै नागरिकप्रति गैरजिम्मेवार बन्दै गएकोले यस्ता घटनाहरु घटेका हुन् । राज्यले सत्यतथ्य छानबिन गरेर गल्ती गर्नेलाई कारबाही गरोस,विज्ञप्तीमा भनिएको छ । ’ असुरक्षामा रहेर स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ हुने भएकोले विज्ञप्तिमा विद्यार्थी र चिकित्सकको सुरक्षाको ग्यारेन्टीको माग पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>