चितवन विशेष
चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको डीपीआर तयार
०

चितवन,कात्तिक ४-
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ ।फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डीपीआर तयार भइसकेकाले अव कामले गति लिने बताएका छन् । ‘यसअघि पनि सामान्य कामहरु भएका थिए, अब डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र दु्रत गतिमा हुनेछन्’, उनले भने ।
तयार भएको डीपीआरबारे एक–दुई दिनमै भरतपुरमा कार्यक्रम गरी जानकारी गराइने उनले बताए । डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्तरुपमा गरेका हुन् । तोकिएको समयभन्दा ३ महिना ढिला गरी डीपीआर तयार भएको उनले बताए ।
अहिले रंगशालको मुख्य भागमा माटो भर्ने र दूबो रोप्ने काम भएको छ । गुरूयोजनासमेत तयार भएकाले अब कुनै पनि काममा अवरोध नहुने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>