चितवन विशेष

प्रेस यूनियन चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Banner

चितवन, कार्तिक ३–

नेपाल प्रेस यूनियन चितवनले यहि कात्तिक ९ गते काग तिहारको दिन शुभकामना आदानप्रदान तथा चियापान समारोह गर्ने भएको छ ।

प्रेस यूनियन चितवनको आइतबार बसेको बैठकले अघिल्लो वर्षदेखि सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि गर्ने निर्णय गरेको हो ।

अध्यक्ष अनिल ढकालको अध्यक्षतामा बसेको बैठकले सो कार्यक्रम सम्पन्न गर्नका लागि कार्यसमिति सदस्य हरि पौडेलको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ ।

कागलाई सूचनाको संवाहकको रुपमा लिने गरिएकोले काग तिहारकै दिन कार्यक्रम गर्न लागिएको अध्यक्ष अनिल ढकालले जानकारी दिए ।

बैठकले यस कार्यक्रमलाई हरेक वर्ष गर्ने गरी निर्णय समेत गरेको सचिव प्रस्ताव सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>