चितवन विशेष

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड (तस्विरमा)

Banner

चितवन,कार्तिक ३-

चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले तोडफोड गरेका छन् ।नाकमा समस्या भएर ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, झ्याल लगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

मृतकका आफन्तले कलेजले लापरवाही गरेर बिरामीको ज्यान गएको आरोप लगाएका छन् । झण्डै दुई सयको संख्यामा आएका मृतकका आफन्तको टोली कलेजमा तोडफोड गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

‘भित्र वार्ता पनि भइरहेको थियो, केही मान्छेहरुले बाहिर तोडफोड गरे, केही भित्रै आएर आक्रमण गरे’ देवकोटाले भने, ‘प्रहरीलाई समेत आक्रमण गरे, कलेजमा त्रासको वातावरण बन्यो ।’चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले तोडफोडमा संग्लनहरुलाई पक्राउ गरिएको जानकारी दिए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>