चितवन विशेष

नेपाल अष्ट्रेलिया सम्पर्क मञ्चको अध्यक्षमा भेटुवाल

Banner

चितवन, कात्तिक ३–

नेपाल अष्ट्रेलिया सम्पर्क मञ्च चितवनको आयोजनामा शनिबार भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

विभिन्न कारणले गर्दा छोराछोरी अष्ट्रेलियामा भएका अभिभावकको सहभागिता रहेको उक्त मञ्चले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा सम्मान, परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । रोजगारी तथा अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छोराछोरी रहेका अभिभावकबीच एक आपसमा चिनजान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको नेपाल अष्ट्रेलिया सम्पर्क मञ्च चितवनका अध्यक्ष विष्णुप्रसाद भेटवालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाका पूर्वउपप्रमुख देवी ज्ञवाली प्रमुख अतिथि रहेको कार्यक्रम मञ्चका सचिव भोजराज बराली र सदस्य केशव देवकोटाले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले अष्ट्रेलियामा सिकेका ज्ञान र सिपलाई नेपालमा कार्यान्वयन गर्न सकेमात्र नेपाल आत्मनिर्भर हुने बताए ।  छोराछोरी अष्ट्रेलियामा रहेका अभिभावकको भेलाले विष्णुप्रसाद भेटवालको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समितिको उपाध्यक्षमा कुमार पाठक, सचिवमा भोजराज वराली, कोषाध्यक्षमा वुद्धिनाथ खरेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>