मनोरञ्जन

जिग्री – पाँडेविरुद्ध प्रहरीमा मिडिया हबको उजुरी

Banner

 काठमाडौं ,असोज ३ –

। नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको घिमिरेले बताए । उनले भने, ‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ ।’

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोगर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए ।

उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’

उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए ।

‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।

यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।अनलाइनखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>