चितवन विशेष

नेपाल लोकसेवा तयारी केन्द्रद्वारा ५२१ जना सम्मानित

०
Banner

चितवन, कार्तिक २–

नेपाल लोकसेवा तयारी केन्द्र भरतपुरले स्थापनाकालको छैठौ वर्षको अवसरमा केन्द्रमा तयारी गरी सफल भएका सम्पूर्ण परीक्षार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको छ ।

ईश्वरचन्द्र पौड्यालको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शैक्षिक प्रशासान महाशाखाका प्रमुख सीताराम कोइरालाले संयुक्तरुपमा शिक्षक सेवातर्फ ३५० जना, निजामति सेवा र स्वास्थ्य सेवातर्फ १२८ जना, सुरक्षा निकाय तथा संगठित संस्थातर्फ ४३ जनालाई बधाई तथा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नेपाल लोकसेवा तयारी केन्द्रका सञ्चालक तथा प्रवन्ध निर्देशक कृष्ण राउतले केन्द्रले अब तयारी कक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त भएको र आगामी दिनहरुमा तयारी कक्षालाई अझ बढी व्यवस्थित, गुणात्मक बनाउँदै लैजाने बताए । प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रशासकिय अधिकृत सुवेदीले आफ्नो सरकारी सेवा प्रवेशको अनुभवहरु सुनाउँदै सफल परीक्षार्थीलाई सृजनशिलता र लगनशिलतालाई जोड दिन अनुरोध गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका विभिन्न सेवामा कार्यरत सरकारी कर्मचारीहरु, केन्द्रका प्रशिक्षक अधिकृतले लोकसेवा तथा शिक्षक सेवाको तयारी बेलैदेखि गर्दा राम्रो हुने बताए । तयारी केन्द्रले छोटो समयमा धेरै संख्यामा सरकारी सेवामा प्रवेश गराउन सफल भएको श्रेय प्रशिक्षक, परीक्षार्थी स्वयम् र केन्द्रको असल व्यवस्थापन रहेको केन्द्रका अध्यक्ष पौड्यालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>