चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पका प्रतियोगीहरुको प्रशिक्षण सकियो

Banner

चितवन, कार्तिक १–

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२ अन्तरगत दोस्रो चरणमा छनौट भएका प्रतियोगीहरुका लागि सुरु भएको प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट सकिएको छ । भरतपुरस्थित होटल स्टार व्याक्वेटमा असोज २८ गतेदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको थियो ।

विभिन्न क्षेत्रमा भएका अडिसनबाट छनौट भएका प्रतियोगीहरुमा निखारता ल्याउनका लागि चार दिन सम्म प्रशिक्षण दिईएको हो । प्रतियोगीहरुलाई प्रोफेसर डा.होमबहादुर बस्नेत, मिस नेपाल २००५ सुगारिका केसी, मिडिया पर्सनालिटी आरके धिताल, चर्चित कार्यक्रम प्रस्तोता मनोज घिमिरेलगाएतले प्रशिक्षण दिएका थिए । ४ दिनको प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई पब्लिक स्पिकिङ, मोटिभेसन र पर्सनालिटी डेभलपमेन्टको बारेमा प्रशिक्षण दिइएको विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए । प्रशिक्षणमा ४९ वटा स्कुल/कलेजबाट १०६ जना विद्यार्थी सहभागि भएका थिए ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिता मंसिर १३ गते सकिने प्रबन्धक आचार्यले बताए । प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>