चितवन विशेष

प्रहरी कार्यालयभित्रको जस्तोसुकै गतिविधिको फोटो खिच्न पाइदैँनः चितवन प्रहरी

Banner

चितवन, असोज ३०-

चितवन प्रहरीले आफ्नो कार्यालय परिसर भित्रको जस्तोसुकै गतिविधिको अनुमति विना फोटो भिडियो खिच्न नपाइने बताएको छ । जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरु पत्रकारले खिच्न खोजेपछि नियन्त्रणमा लिदै प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले यस्तो बताएका हुन् । आज दिउँसो १ बजेको समयमा प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका पत्रकार सूर्य बरालमाथि दुब्र्यवहार भएको हो ।पौडेलले प्रहरी कार्यलयभित्र जस्तो सुकै अनैतिक गतिविधि भए पनि अनुमतिबिना फोटो तथा भिडियो लिन नपाइने जिकिर गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी हाता भित्र जथाभावीरुपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार समेत भएको छ।   जिल्ला प्रहरी कार्यालय संवेदनशील क्षेत्र भएको भन्दै छरपस्ट फालिएका मदिराको बोत्तल खिच्न प्रहरीको अनुमति चाहिने हुनाले अनुमति बिना तस्बिर खिचेकोले नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाइ छ । पत्रकारलाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्धक बनाइएको थियो ।

पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए । पत्रकारहरुले मदिराका बोत्तल छरपस्ट देखेपछि समाचार संकलनको लागि खिच्छौ भनेको भए अनुमति नपाइने भएकोले खिचिएको बताएका छन् । अनुमति बिना मदिराको बोत्तल खिचेको भन्दै समातेर कन्ट्रोल रुममा राखेको पत्रकार शर्मा र बरालको भनाइ छ ।

प्रहरी कार्यालयभित्र ड्युटी समय भन्दा बाहिर रहे पनि मदिरा पिउन पाइँदैन् तर जिल्ला प्रहरी कार्यालय चितवनमा भने मदिराका बोत्तलहरु छरपस्टै देख्न सकिन्छ । अझ यस विषयमा डीएसपी पौडेलले भने ड्युटी समयभन्दा बाहिर प्रहरीले पनि अन्य नागरिकले सरह मदिरा पिउने आशय ब्यक्त गरे । प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरु छरपस्ट छन् । त्यति मात्र होइन कार्यालय भित्रबाट निस्केको फोहोर समेत भित्रै जलाइने गरिएको छ । कार्यालय भित्र मदिरा सेवन गरेर अन्य फोहोरसँगसँगै ल्याएर मदिराका बोत्तल फालिको फोहोर देख्दै प्रस्ट हुन्छ । प्रहरी कार्यलयभित्र कसले कहँबाट महंगा महंगा ब्राण्डका मदिरा सेवन गरेको भन्ने विषयमा भने कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको भन्दै पन्छिन खोजे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>