चितवन विशेष

गृहमन्त्रीकै अगाडि कांग्रेस सभापति श्रेष्ठले भनेः भरतपुरको ढाँट कसले सञ्चालन गरिरहेको छ ?

Banner

चितवन, असोज ३०-

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवनका सबै राजनीतिक दलले हटाउन खोज्दा पनि नहट्ने भरतपुरको सडक दस्तुर उठाउने ढाँट कसले सञ्चालन गरेको हो भनेर प्रश्न गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले आज भरतपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बादलकै अगाडि उनले सो प्रश्न गरेका हुन् । सरकार र सत्तासँगै पात्र बदलिएर पनि देशमा प्रवृत्ति नबदलिँदा समस्या आएको उनले विचार राखे । एउटै जिल्लाभित्र नागरिकलाई आदानप्रदान गर्दा सडक दस्तुर उठाउने गरेर टिकौंलीमा राखिएको ढाँट हटाउनुपर्छ भनेर सबै लाग्दा पनि नसकिएको सभापति श्रेष्ठले गुनासो गरे । उनले भने, ‘ गृहमन्त्री यहीँ हुनुहुन्छ । चितवनका सबै दल र नेताहरु डेलिगेसन गएर ढाँट हटाउनुपर्छ भनेर आफूहरु निरन्तर लाग्दा पनि नसकिएको बताए । अब बन्द गरौं भनेर भनिएको ढाँटमा सडक विभागले पुन सुचारु भनेर पत्र पढाएको भन्दै यो ढाँट कसले कहाँबाट सञ्चालन गरेको छ ?’ उनले चितवनलाई समृद्ध बनाउन सबै दलहरु मिलेर जानुको विकल्प नभएको पनि बताए । भरतपुरको केन्द्रीय अस्पताल भरतपुर अस्पताल अस्तव्यस्त हुँदा पनि सरकारले चासो नदिएको गुनासो गरे ।

सोही ढाँटमा केही समय अगाडि स्थानीय नेता तथा व्यवसायीको नेतृत्वमा गएको समूहले आगजनी गर्दा एकजना प्रहरी जवान जलेर गम्भीर घाइते भएकी थिइन् । प्रहरीले त्यसघटनामा संलग्न विभिन्न व्यक्तिहरुलाई पक्राउ पनि गरेको थियो । एक जिल्लाभित्र एक ठाउँबाट अर्काे ठाउँमा जादा पनि सडक दस्तुर उठाइएको भन्दै यसको व्यापक विरोध हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>