चितवन विशेष

नेकपाभित्र नैतिक आचरणबारे प्रश्न उठ्नु दुःखद् : नेता अधिकारी

Banner

चितवन, असोज ३०-

नेपाल कम्युनिस्ट पार्टी( नेकपा) प्रदेश नम्बर ३ का सहइन्चार्ज काशीनाथ अधिकारीले नेकपाभित्र नैतिक आचरणबारे प्रश्न चिन्ह लाग्नु दुःखद् भएको बताएका छन् ।

नेकपा चितवनले दसैँतिहार, छठको अवसरमा आज भरतपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेताहरुको पछिल्लो समयमा नैतिक आचरणमाथि प्रश्नचिन्ह लागिरहेको भन्दै सो चिन्ता व्यक्त गरेका हुन् । उनले नेकपा नेपालमा राजनीतिकरुपमा आमुल परिवर्तन गर्दै आएको दल भए पनि पार्टीका नेता तथा कार्यकर्ता पार्टीको समाजवादी यात्रामा योद्धाको रुपमा छौं या छैनौं भन्ने समीक्षा गर्नुपर्ने खाँचो रहेको बताए । उनले भने, ‘आर्थिक र सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाइरहेको अवस्थामा यस खालको नैतिक पतनका कुराहरु उठ्नु दुःखद् छन् । ’ उनले पार्टी अध्यक्ष प्रचण्डले पनि यसबारेमा पनि प्रश्न गर्ने गरेको जानकारी दिए । उनले नेकपाका नेताहरुले पार्टीले लिएको सामाजिक रुपान्तरणको मुद्दालाई नैतिकरुपले साथ समर्थन र सहयोग गर्नुपर्ने विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>