चितवन विशेष

चितवन देशकै संघीय राजधानी बन्न सक्छ : गृहमन्त्री बादल

Banner

चितवन, असोज ३०-

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चितवन जिल्ला देशको संघीय राजधानी बन्न सक्ने सम्भावना भएको जिल्ला भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार र छठको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विगत लामो समयदेखि राजनीतिको केन्द्र बन्दै आएको चितवन संघीय राजधानी बन्न सक्ने दाबी गरे । चितवन जिल्लाले कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको विकासले पनि यो कुरा पुष्टि हुँदै गइरहेको उनले बताए ।

गृहमन्त्री बादलले भने, ‘चितवनका कृषि, शिक्षाको आधुनिकीकरण गर्दै समाजवादतिर उन्मुख हुनुपर्छ ।’ सबै संस्कृतिको मिश्रण भएकोले राजनीतिक समाजवादको निर्माणमा चितवनले महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्दै उनले शुभकामना दिए । उनले भने, ‘ आर्थिक र समाजिक विकास गर्दै समाजवादतिर जानका लागि दुष्मनले रोक्न खोजिरहेकोले सबैजना एकजुट भएर अघि बढ्न जरुरी छ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>