चितवन विशेष

भरतपुरमा प्रचण्डले भने: प्रतिगामीले चितवनलाई अराजकताको केन्द्र बनाउन थाले

Banner

चितवन, असोज ३०-

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्ला प्रतिगामीहरुको गतिविधि सञ्चालन हुने अराजकताको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपा चितवनले आज दसैँतिहार तथा छठको अवसरमा भरतपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले सो चिन्ता व्यक्त गरेका हुन् । उनले चितवनका नागरिकले भएभरको भोट दिएर नेपाल कम्युनिस्ट पाार्टीलाई सबै क्षेत्रबाट जिताए पनि पछिल्लो समयमा अराजकता र प्रतिगामीहरुको केन्द्र बन्दै गएको बताएका छन् । चितवनलाई प्रतिगामीहरुको केन्द्र बन्न नदिन पनि उनले सबैलाई सचेत हुन आव्हान गरे ।

अध्यक्ष प्रचण्डले कहिलेकाहीं नेपालको राजनीतिक आन्दोलनमा लामो इतिहास बनाएर राजनीतिको केन्द्र बनेको ठाउँ प्रतिगामीको केन्द्र बन्ने हो की भन्ने आशंका उब्जिएको विचार राखे । अन्त सबै जिल्ला छोडेर गणतन्त्र विरोधी प्रतिगामीहरु चितवननै आउने गरेको उनले बताए । प्रचण्डले भने, ‘ नेकपाका कतिपय नेता तथा कार्यकर्ताहरु पनि प्रतिगामीको पछि लागेको सूचना पाएको छु ।’ कम्युनिस्ट आदर्शबाट हामीस्खलित हुँदै गएका छौं । यसमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको विचार थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>