चितवन विशेष

नेकपामा ग्याष्ट्रिक र अल्सर, क्यान्सरको खतरा छ : प्रचण्ड

Banner

चितवन, असोज ३०-

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा पुगेपछि जनताबाट टाढा हुने रोग लागेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी चितवनले आज भरतपुरमा दसैँ, तिहार तथा छठको अवसरमा गरेको शुभकामना आदानप्रदानको अवसरमा उनले सो चिन्ता र चासो व्यक्त गरेका हुन् । रुस र युरोपका कम्युनिस्ट पार्टी पतनको उदाहरण दिँदै उनले अहिले आफूहरुमा पनि विकास भएको सत्तामुखी र व्यक्तिवादी चरित्रले गर्दा जनताबाट टाढा हुँदै जाने, जनता बिर्सदै जाने र बिचलित हुँदै जाने रोग लागेको उनले बताए । उनले भने, ‘ यो रोग क्यान्सर चाही भइसकेको छैन, तर ग्याष्ट्रिक र अल्सर जस्तो उपचार हुने अवस्थामा रहेको बताए ।’

कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रमा अन्य कसैबाट खतरा नभई खतरा आफैबाट रहेको विचार राखे । यसको रक्षा र कार्यान्वयनमा नेकपाका नेताहरु सजग हुनुपर्ने सुझाव दिँदै उनले पार्टीका नेता तथा कार्यकर्ता कति गम्भीर र जिम्मेबार बन्दै गएको छौं आफैँले आत्मसमीक्षा गर्नुपर्ने विचार राखे । उनले भने, ‘ हामी आफैँ अली बढी हेलचक्र्याई, व्यक्तिवादी, गुटवादी हुँदै गएकोले गणतन्त्रप्रति खतरा आफैँबाट छ । ’ रुस र युरोपमा कम्युनिस्ट सत्ताको पतन पनि पार्टी भित्रबाटै भएको उनले उदाहरण दिए । उनले जसरी चीनमा सिंगो पार्टी पंक्ति जनताको सेवामा खटिरहेको छ त्यसरी नै सबै पार्टीका नेता कार्यकर्ताहरुलाई जनताको सेवामा खट्न अग्रह पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>