चितवन विशेष

आयआर्जनका लागि रत्ननगर नगरपालिकाको दियो आर्थिक सहयोग

Banner

चितवन, असोज २९–

रत्ननगर नगरपालिकाले गरिब तथा विपन्न समुदायको आयआर्जनको लागि आज (बुधबार) आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका करण पछाडी परेको समुदायका ९ जनालाई पहिलो चरणमा आर्थिक सहयोग गरिएको हो । सिलाई कटाई व्यवसाय सञ्चालनको लागि रत्ननगर–१२ निवासी भूलुमाया आचार्यलाई १० हजार, बाख्राको खोर व्यवस्थापनको लागि सोही वडाकी विष्णुमाया क्षेत्रीलाई १५ हजार रुपैयाँ, सिलाई कटाई व्यवसाय सञ्चालनको लागि वडा नं ११ की पार्वती विकलाई १० हजार, सिलाई कटाई व्यवसाय सञ्चालनको लागि वडा नं १६ की पूmलमाया विकलाई १० हजार रुपैयाँ, बाख्रापालन व्यवसाय सञ्चालनको लागि सोही वडाकी लक्ष्मी विकलाई १० हजार, बाख्रापालनकै लागि वडा नं १६ की आशा गुरुङलाई १० हजार, सिलाईकटाई व्यवसाय सञ्चालनको लागि वडा नं ३ की द्रौपती गुरौलाई १० हजार, ढेलागाडा खरिदका लागि सोही वडाकी सुष्मा तामाङलाई १० हजार रुपैयाँ र सिलाई कटाई व्यवसाय सञ्चालनको लागि वडा नं ३ कै रञ्जना श्रेष्ठलाई १० हजार रुपैयाँ प्रदान गरिएको हो ।

बुधबार आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी र कार्यक्रम संयोजक निर्मला खड्काले सो रकम हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा, सामाजिक विकास समितिका संयोजक केशव आचार्य, कार्यपालिका सदस्यहरु सरस्वती लामा, मीना गिरी, भोलादेवी गौडेललगायतको सहभागिता रहेको थियो ।

विपन्न समुदायको आयआर्जनको लागि सो नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लक्षित वर्ष कार्यक्रम अन्तर्गत ३५ जनालाई आर्थिक सहयोग गर्ने योजना रहेको भए पनि पहिलो चरणमा ९ जनालार्ई सहयोग प्रदान गरिएको लक्षित वर्ष कार्यक्रम व्यवस्थापन समितिकी संयोजक निर्मला खड्काले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>