खेलकुद
भरतपुर–११ मा नकआउट फुटबल प्रतियोगिता सुरु
०

चितवन, असोज २९ –
न्यू नवजागृति युवा क्लब भरतपुर महानगरपालिका–११ को आयोजनामा बुधबारबाट प्रथम खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
खेलको उद्घाटन चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले गरेका हुन् । पहिलो हुने टिमले ५० हजार ५५५ र दोस्रो हुने टिमले २५ हजार १२५ रुपैयाँ पाउने भएको छ । कुल १६ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई हराउँदै आयाम युवा समाज विजयी भएको छ । खेल कात्तिक ९ गतेसम्म हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>