चितवन विशेष

नारायणगढबाट जुवा खेल्ने सात जना पक्राउ

Banner

चितवन, असोज २८-

भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट आज जुवातास खेल्ने र खेलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ घर भइ भरतपुर–२ मा डेरा गरी बस्ने वर्ष ३५ को राजेश कुमार विकले सोही घरको तेस्रो तल्लाको आफ्नै कोठामा जुवातास खेलाई रहेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट ७८ हजार पाँच सय पाँच रुपैयाँसहित नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ बस्ने वर्ष ३५ को राजेश विक, भरतपुर–१ बस्ने वर्ष ३५ को कपिल गुरुङ, भरतपुर–१ बस्ने वर्ष ३५ को सरोज पोख्रेल, भरतपुर–२ क्षेत्रपुर बस्ने वर्ष ३१ को विशाल लामा, गैंडाकोट–९ बस्ने वर्ष ३४ को कर्म गुरुङ, भरतपुर १ बस्ने वर्ष ३५ को राजन ठकुरी र लमजुङ बस्ने वर्ष ३२ को एडेन गुरुङ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>