चितवन विशेष
कार्तिक १ गते नारायणगढमा सुरताल म्युजिकल टुर–२०७६

चितवन,असोज २७-
कार्तिक १ गते चितवनको नारायणगढमा सुरताल म्युजिकल टुर–२०७६ हुने भएको छ । देशका विभिन्न ६ वटा शहरहरुमा सम्पन्न भइसकेको म्युजिकल टुर १ गते नारायणी नदी किनारमा गर्न लागिएको आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
मण्डला नेपाल इभेन्टले आयोजनाको जिम्मा लिएको कन्सर्टमा भिटेन (समिर घिसिङ)को विशेष प्रस्तुति रहने सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक प्रशान्त सुनारले जानकारी दिए । कार्यक्रममा गायक प्रकाश सपुत, बिक्रम बराल, आर.के.स्क्वायर लगायतका कलाकारहरुको प्रस्तुति कन्सर्टमा रहने मण्डला नेपाल इभेन्टका प्रबन्ध निर्देशक मनोज घिमिरेले बताए ।
चितवन संस्करणको मुख्य प्रायोजक नेपाल आइस रहेको छ भने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज तथा सेन्ट्रल कलेज चितवन प्रायोजक रहेको छ । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. तथा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि.को संयुक्त प्रस्तुतिको रुपमा उक्त म्युजिकल टुर देशका विभिन्न ९ वटा शहरहरुमा गरिदै छ ।






















