चितवन विशेष

चितवन प्रहरी भन्छः ज्ञानेन्द्र शाहीलाई कुट्नेको पहिचान अझै भएन

Banner

चितवन, असोज २७-

चितवनको चौबिसकोठीको होटल ग्लोबल अगाडि आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्दै हिँडिरहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही कुटिएको आज १६ दिन बितेको छ । घटना भएको दुई हप्ता बढी भइसक्दा पनि चितवन प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन ।  युवाहरुको समूहले प्रहरीकै संरक्षणमा शाहीमाथि आक्रमण गरेको उनका समर्थकहरुले आरोप लगाएका छन् ।

एकातिर घटनाको बारेमा प्रहरीमा जाहेरी परेको छैन भने अर्काेतिर प्रहरी कार्यालय नजिकै शाही रक्ताम्य हुँदा पनि आजसम्म प्रहरीले आक्रमणकारीलाई पक्रन सकेको छैन । चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले शाहीमाथि आक्रमण गर्नेको अझै पहिचान नभएको बताए । उनले भने, ‘हामी पहिचानको नजिक नजिक पुगेका छौं । हाम्रो अनुसन्धानपछि धेरैको भागाभाग भएको छ ।’ उनले प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको भन्दै पीडितबाट किटानी जाहेरी नपरे पनि आफ्नो तर्फबाट अनुसन्धान भइरहेको बताए । उनले ढिलोचाँडो घटनामा संलग्न पक्राउ परेर नै छाड्ने दाबी गरे ।

चितवनको चौबिसकोठीमा गर्न लागिएको कार्यक्रममा सहभागी हुन त्यहाँस्थित ग्लोबल होटेलबाट बाहिरिने क्रममा उनीमाथि कुटपिट भएको थियो । उनको चितवनमा प्रारम्भिक उपचारपछि काठमाडौँ लगेर थप उपचार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>