चितवन विशेष

चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु

Banner

भरतपुर,असोज २७-

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>