चितवन विशेष

सौराहा ल्याइयो कोशी टप्पुका ५ माउ हात्ती

Banner

चितवन,असोज २७-

कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा ल्याइएको छ । कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौरहा लगिएको आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए ।

आरक्षका सहायक संरक्षण अधिकृत तिवारीका अनुसार कोशी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने घर) सानो भएपछि ५ हात्ती केही समयअघि नै सौराहा लगिएको हो । हाल कोशी टप्पुमा ५ माउ हात्ती र तिनका २ छावा छन् ।

कोशी टप्पुमा रहेको १० दरबन्दीबाट ५ कटाएर लगिए पनि त्यसलाई पुनः ल्याउन सकिने तिवारीले बताए । अहिले माउ र छावा गरी ७ वटा मात्रै छन् । यी हात्तीहरूका लागि कोशी टप्पुमा ३४ माउतेको दरबन्दी छ । हात्तीको दरबन्दी कटाएर सौराहा लगिएपछि स्यारसुसार गर्ने ३४ माउतेमध्ये अधिकांश फुर्सदिला फुर्सदिला बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>