चितवन विशेष
चितवनमा नेपाली काँग्रेसको भव्य चियापान (फोटोफिचर)

चितवन, असोज २६–
नेपाली काँग्रेस चितवनले आज (आइतबार) वृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको हो ।
नारायणगढस्थित नारायणी कला मन्दिरमा आयोजित कार्यक्रमको काँग्रेस केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले समुद्घाटन गरे । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष एवंम प्रतिनिधि सभा सांसद उमा रेग्मी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा संयुक्तका केन्द्रीय सदस्य रामहरि कँडेल, समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुहरि तिमिल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, काँग्रेस कार्यकर्तालगायतको उपस्थिति रहेको थियो । काँग्रेस जिल्ला उपसभापति कैलाश कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम जिल्ला सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।