चितवन विशेष

गोधूलि सहकारीको अध्यक्षमा पुनः मधु कुँवर

Banner

चितवन, असोज २५–

गोधूलि बचत तथा ऋण सहकारी संस्था नारायणगढको अध्यक्षमा पुनः मधु कुँवर चयन भएका छन् ।

शनिबार नारायणगढमा भएको संस्थाको नवौं वार्षिक साधारणसभा तथा अधिवेशनले कुँवरलाई सर्वसम्मत पुनः अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सावित्री पौडेल, सचिवमा शरदकुमार महतो, कोषाध्यक्षमा रामसुन्दर महतो चयन भएका छन् । यस्तै सदस्यहरुमा विष्णुप्रसाद अधिकारी, इन्द्रप्रसाद अधिकारी, लक्ष्मीलाल श्रेष्ठ,  सुरज चौधरी र विमल पन्त चयन भएका छन् । यस्तै लेखा समिति संयोजकमा शर्मिला श्रेष्ठ, सदस्यहरुमा चन्द्रप्रसाद श्रेष्ठ, तुलसी महतो चयन भएको निर्वाचन समितिका संयोजक सहकारी तथा रोजगार प्रवद्र्धन शाखा भरतपुरका रामबाबु पौडेलले जानकारी दिए ।

साधारणसभामा संस्थाका सचिव एवंम प्रवन्ध निर्देशक शरदकुमार महतोले प्रगति प्रतिवेदन पेश गरेका थिए । उनले गतवर्ष सेवा केन्द्र रत्ननगरको घाटा पुर्ति गरी २५ लाख ९३ हजार २९८ रुपैयाँ सञ्चालन नाफा हासिल गरिएको जानकारी दिए । संस्थाको हाल ३० करोड पूँजी रहेको छ ।

वार्षिक साधारणसभाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख वनले सहकारी संस्थाहरु अझै पनि मर्म अनुसार चल्न नसकेको बताए । उनले सहकारीलाई बोनसका लागि मात्रै प्रयोग गर्ने गरिएको भन्दै वास्तविक जनजीवन परिवर्तन गर्ने खालको काम गर्नुपर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्मा पौडेल, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, शहकारी तथा रोजगार प्रवद्र्धन शाखा भरतपुरका रामबाबु पौडेल, नेफस्कुनकी यमकला पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको समुद्घाटन सत्रमा २०७५ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका दुई जना छोराछोरी, जेष्ठ नागरिक शेयर सदस्य २ जना, उत्कृष्ट शेयर सदस्य ४ जना, उत्कष्ट कर्मचारी ४ जना, उत्कृष्ट बचतकर्ता ६ जना, असल ऋणी ३ जना, विद्यावारिधी गरेका शेयर सदस्यका दुई जना छोराछोरी, बाल बचतकर्ता २ जना र सर्वोत्कृष्ट सहयोगी व्यक्ति दुई जनालाई सम्मान गरिएको संस्थाका सचिव शरदकुमार महतोले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>