चितवन विशेष
चितवनमा मनाइयो ६४ औं प्रहरी दिवस, ३१ प्रहरी नगदसहित सम्मानित

चितवन, असोज २४–
६४ औं प्रहरी दिवस आज चितवनमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विशेष समारोहकाबीच ६४ औं प्रहरी दिवस मनाएको हो । अमर प्रहरीको शालिकमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता एकनारायण कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीलगायत ३१ जना प्रहरी नगदसहित सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सम्मान पत्र र नगदले सम्मान गरिन् ।
यस्तै कार्यक्रममा अपराध नियन्त्रण तथा विभिन्न प्रहरी सेवा प्रवाहमा अमूल्य एवंम रचनात्मक सहयोग पुर्याएको भन्दै नारायणी अनलाईनकर्मी राजु चौधरी र सुजन पण्डितलाई पनि प्रशंसा पत्रले सम्मान गरेको थियो ।
त्यस्तै सोही कार्यक्रममा महिला अधिकारकर्मी मिना खरेल, व्यवसायी गोविन्द तिवारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, महिला अधिकारकर्मी मिना खरेल, अमर प्रहरी परिवारको तर्फबाट सरस्वती पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।