चितवन विशेष

चितवनमा मनाइयो विश्व अण्डा दिवस, अण्डाका १५ परिकारको प्रदर्शन

Banner

चितवन, असोज २४–

चितवनमा पहिलोपटक भव्यताका साथ २४ औं विश्व अण्डा दिवस मनाईएको छ । पूर्वीचितवनको रत्ननगरमा पहिलोपटक औपचारिक भव्य रुपमा यो दिवस मनाईएको हो ।

दिवसको अवसरमा कुखुरा व्यवसायी संघ पूर्वी चितवनले आज (शुक्रबार) अण्डाको परिकारहरुको प्रदर्शन गर्नुका साथै अण्डा उपभोग सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । व्यवसायीहरुले अण्डाका १५ परिकारहरु बनाएर प्रदर्शन गरेका थिए । अण्डाको परिकार बारे धेरैलाई जानकारी नहुँदा अण्डाको खपत बढ्न सकेको छैन । अण्डाबाटै बनेको मःम, कफु, स्क्रयाम्बल, फ्राइलगायतका परिकारहरु प्रदर्शन गरिनुको साथै सहभागिहरुलाई खुवाईको थियो ।

अण्डा उपभोग सम्बन्धी सचेतनामुलक कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कुखुरा व्यवसायीलाई आवश्यक पर्ने दानाको कच्चा पदार्थ उत्पादनका लागि सामूहिक कृषि खेतीको आवश्यक रहेको बताए । उनले कुखुरा व्यवसायीहरुलाई नै कच्चा पदार्थको खेती गर्न आग्रह गर्दै प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लामाले सरकार, व्यवसायी र उपभोक्ता फरकफरक बाटो तर्फ मोडिएकोले सफता हासिल गर्न कठिन भएको भन्दै सबै एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए । कार्यक्रममा विज्ञहरुले अण्डाको महत्व र यसको उपयोगिताको बारेमा प्रकाश पारेका थिए । यस्तै अण्डा दिवसकै अवसरमा संघले रत्ननगर बकुलहर अस्पतालमा रहेका बिरामीहरुलाई अण्डा वितरण समेत गरेको संघका अध्यक्ष भीमनारायण श्रेष्ठले बताए ।

कार्यक्रममा पोल्ट्री व्यवसायी त्रिलोचन कँडेल, रघुनाथ भट्ट, पशु विज्ञ डा.भुमिनन्दन देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अघि थारु समुदायका महिलाहरुको जातीय पोशाकसहितको ¥याली समेत निकालिएको थियो ।

चितवनमा हाल दैनिक १२ लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने देशभर दैनिक २६ लाख वटा अण्डा उत्पादन हुने गरेको छ । विगत चार वर्षदेखी नेपाल अण्डामा समेत आत्मनिर्भर बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>