मकवानपुर

हेटौँडामा खानेपानी स्रोतका लागि पुनःभरण पोखरी बनाइने

Banner

हेटौँडा, असोज २३–

खानेपानीको मुहान तथा स्रोत सुक्ने क्रमलाई रोक्न हेटौँडाको वन तथा खानेपानीका मुहान वरपरका पानीको स्रोतलाई सुक्न नदिने खालको ‘रिचार्ज पोखरी’ निर्माण गरिने भएको छ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले सामुदायिक वन तथा हेटौँडा उपमहानगरपालिकासँग मिलेर त्यस्ता पोखरी निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा खानेपानीको स्रोत ‘रिचार्ज’ गर्न चुरे क्षेत्रमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने योजना बनाइएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । पोखरी निर्माणपछि पानीको स्रोत सुक्ने समस्या समाधान हुनुका साथै वन्यजन्तुलाई पानीको व्यवस्था हुनेहुँदा रिचार्ज पोखरी निर्माणले दोहोरी फाइदा पुग्ने अध्यक्ष विष्टको भनाइ थियो ।

यस वर्षमा चारदेखि पाँच वटा पोखरी बोर्डले नै निर्माण गर्ने र नगरपालिका र सामुदायिक वन उपभोक्ता समूहको सहयोग प्राप्त भएपछि थप पोखरी निर्माण गरी पानीको स्रोत संरक्षण गर्न सकिने बोर्डका अध्यक्ष विष्टले बताउनुभयो ।

हेटौँडा खानेपानी बोर्डले चालू आर्थिक वर्षमा खानेपानीको स्रोत व्यवस्थापन गर्नुका साथै वितरणलाई पनि गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्य लिएको उहाँको भनाइ थियो । खानेपानी वितरण गर्ने प्रमुख पाइपलाइनको सुधार गर्नुका साथै गुणस्तरीय पानी वितरणलाई सुनिश्चित गराउने प्रयास भइरहेको अध्यक्ष विष्टले बताउनुभयो । बोर्डले दैनिक एक करोड ३५ लाख ९२ हजार लिटर पानी उत्पादन गरी १७ हजार १६१ धाराबाट वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>