चितवन विशेष
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
०

चितवन, असोज १९–
चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
पूर्वीचितवनको रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक क्षेत्रमा न्यूरो साग टिप्न गएका कालिका नगरपालिका–४ का ७२ वर्षीय गोरे कुमालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । अपरान्ह गैंडाले आक्रमण गर्दा कुमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चितवनमा जंगली जनावरको आक्रमणबाट वर्षेनी मानविय क्षति हुँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























