चितवन विशेष

कृषि प्रविधि गाउँ गाउँमा पुर्‍याउँदै नेपाल एग्रो

Banner

चितवन, असोज १९–

कृषि उत्पादन बृद्धि गर्न स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोगले बढी प्रभाव पार्ने गर्दछ । विशेषगरी कृषकलाई प्राविधिक सहयोग दिन सकियो भने बढी लाभ लिन सकिने भएकोले त्यसतर्फ बढी ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

प्रविधिको अभावमा धेरै मेहनत गरेर थोरै उत्पादन लिन कृषक बाध्य भएको सन्दर्भमा उपरोक्त कार्यक्रम र प्रविधिको उपयोग गरे कृषक बढी लाभान्वित हुन सक्नेछन् ।

सोही अनुरुप ललितपुरको नखिबोटमा रहेको नेपाल एग्रो लाइभले कृषिका आधुनिक प्रविधि गाउँगाउँमा पु¥याउँदै आएको छ । उच्चतम् प्रविधिको प्रयोग गरी थोरै लगानीमा धेरै उत्पादन गर्न कृषकलाई सहयोग गर्दै आएको छ ।

एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेका अनुसार संस्थाले स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोग गर्दै आएको छ । “ कृषि उत्पादन बढाउन कृषिका विभिन्न उद्यानको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने काम पनि गर्दै आएका छौ,” उहाँले भन्नुभयो ।

थोपा सिँचाइ, छाप्रो प्रविधि, टनेल प्रविधि जस्ता आधुनिक प्रविधिका बारेमा कृषकलाई ज्ञानसमेत संस्थाले दिँदै आएको छ । आधुनिक यन्त्र विदेशबाट झिकाएर कृषकसम्म पु¥याउने काम पनि गर्दछ । विसं २०७३ मा स्थापना भएको यस संस्थाले हालसम्म एक लाखभन्दा बढी कृषकलाई प्राविधिक सहयोग गरेको जनाएको छ । संस्थाले सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरी प्रविधि कृषककोमा पु¥याउँदै आएको छ ।

कुन उद्देश्यका लागि कस्ता यन्त्र आवश्यक पर्छ भन्ने बारेमा कृषकलाई बुझाएर कृषि कर्ममा सहजीकरण गर्ने गरेको छ । प्राविधिक जेटिए राखेर नयाँ प्रविधिबाट खेती गर्न सिकाउनुका साथै सरकारी र गैरसरकारी सङ्घसंस्थाका कर्मचारीलाई प्रविधिसम्बन्धी तालीमसमेत दिँदै आएको छ ।

कृषकलाई प्रदर्शन गर्न ललितपुरको मुनाकोठीमा १० रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आएको छ । देशका सातवटै प्रदेश र जिल्लारुमा कृषककै बारीमा प्राविधिक सहयोग गरी उन्नत प्रविधिबाट खेती गराइँदै आएको छ । गैँडाकोट, बर्दघाट, लालबन्दी, मेची नगरपालिका, धनगढी, दाङलगायतका ठाउँका कृषकलाई प्राविधिक सहयोग गरी तरकारीखेती गर्न लगाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत गैरेले भन्नुभयो, “हामी कृषकलाई प्राकृतिक प्रकोपबाहेकका जिम्मेवारी लिएर तरकारी उत्पादन र बजारीकरण गर्न सहयोग पु¥याउँछाँै ।”

निर्वाहमुखी कृषिलाई व्यवसायी बनाउने संस्थाको मुख्य उद्देश्य रहेको एग्रो लाइभका सार्थक गैरेको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>