चितवन विशेष

दसैँको अवसरमा रमाइलो परिवारको वृद्धवृद्धालाई कपड़ा

Banner

देवघाट, असोज १८–

तनहुँको देवघाट गाउँपालिका भित्र रहेका वृद्धाश्रममा आज ६० हजार बराबरको लत्ताकपडा र औंषधि वितरण गरिएको छ।

भरपुरमा रहेको रमाइलो परिवार अनलाइन एप्स ग्रुपले आज देवघाटमा रहेको वृद्धाश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई बडादसैँको शुभकामना सहित ३४ जना वृद्धवृद्धाहरुलाई लत्ताकपडा र औषधि वितरण गरेको छ ।

उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण पश्चात औषधि निःशुल्क वितरण गरिएको हो । यस्तै उनीहरुलाई एक छाक खाना समेत खुवाईएको छ ।

रमाइलो अनलाइन ग्रुपका एडमिनस सुदिप खनालले यसअघि विभिन्न क्षेत्रमा सहयोग गरिए पनि देवघाटमा पहिलोपटक सहयोग गर्न पाउँदा खुशी प्रकट गरे । उनले देवघाटमा आगामि दिनमा यस्तै सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । कार्यक्रममा ३४ जना वृद्धवृद्धाहरुलाई दन्त सेवा र स्वास्थ्य चेकजाँच गरिएको चितवन मेडिकल कलेजका चिकित्सक दिपक सरार्फले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>