चितवन विशेष

‘नारायणगढ लायन्स लियो खुल्ला मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

Banner

चितवन, असोज १८–

नारायणगढ लायन्स क्लव र लियो क्लव अफ नारायणगढको आयोजनामा भएको ‘२० औं नारायणगढ लायन्स लियो खुल्ला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जितेका छन् ।

चितवनको नारायणगढस्थित लायन्सचोकदेखी नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिर सम्मको दुरी २५.४० मिनेटमा पार गर्दै सिराहाका गजेन्द्र राइले उपाधि जितेका हुन् । उनले नगद १५ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे । यस्तै २५.५० मिनेटमा दुरी पार गर्दै भोजपुरका सबिन तामाङ द्धितीय भए भने २७.१० मिनेटमा दुरी पार गर्दै जुम्लाका वीरेन्द्र रावल तृतीय भए । उनीहरुले क्रमशः १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै चौथोदेखी दशौं स्थान हासिल गरेका सात जनाले नगद एक/एक हजार रुपैयाँको सान्त्वना पुरस्कार प्राप्त गरेको नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का द्धितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गरे । प्रत्येक वर्ष फूलपातीको दिन खुल्ला शान्ति दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । देशमा शान्ति र सुख छाओस् भनेर २०५५ सालदेखी दौड प्रतियोगिता सुरु गरिएको हो । कार्यक्रम नारायणगढ लायन्स क्लवका अध्यक्ष निरजकुमार श्रेष्ठ र लियोका अध्यक्ष कृष्णचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए । सहभागि सबैलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>