खेलकुद
भरतपुरमा ‘दसैं कप फुटसल’ सुरु

चितवन, असोज १७–
कली इन्टरटेन्मेण्ट एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबारदेखी ‘प्रोफेसनल दसैं कप फुटसल–२०७६’ आयोजना गरेको छ । प्रतियोगिताको पूर्व सांसद रामकृष्ण घिमिरेले एक समारोहका बीच उद्घाटन गरे ।
असोज १८ गतेसम्म हुने सो प्रतियोगितामा चितवन र छिमेकी जिल्लाका गरी ३२ वटा टिमको सहभागिता रहेको छ । बिहीबार पहिलो चरणको फुटसल सकिएको छ । प्रतियोगिताका संयोजक विष्णु भुजेलले अध्यक्षतामा भएको उद्घाटन सत्रमा खेलकुद विकास समिति चितवका प्रथम अध्यक्ष सूर्यकान्त घिमिरे, अखिल नेपाल फुटबल संघ चितवनका महासचिव रामहरी ढकाल, खेल व्यवस्थापक सुरज गोदार लगाएतले बोलेका थिए ।
गोदारका अनुसार प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमशः ५० हजार र ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा तीन विधाका उत्कृष्ट खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ । खेलका व्यवस्थापक सुरज गोदारका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई नगदसहित पुरस्कृत गरिने छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–२ क्षेत्रपुरमा रहेको ऐलीनामा संञ्चालन गरिएको छ ।