चितवन विशेष

ग्राफिकको खसी उपहार डीएसएलआरलाई

Banner

चितवन, असोज १७–

कम्पनी सम्बन्धि काम गर्दै आएको ग्राफिक मार्ग प्रा.लि. भरतपुर चितवनले दसैं विशेष उपहार योजना अन्तरगत लक्की ड्र मार्फत खसी उपहार वितरण गरेको छ । प्रालीले बिहीबार कार्यालयमा एक कार्यक्रको आयोजना गरि लक्की ड्र खोलेको थियो । लक्की ड्र मा ग्राफिक मार्ग मार्फत कम्पनी दर्ता गराएको डी.एस.एल.आर.सेवा प्रालीले खसी उपहार जित्न सफल भएको हो ।

गत साउन १ गतेदेखि असोज १५ गतेसम्म कम्पनी दर्ता भई यस ग्राफिक मार्ग प्रा.लि. मार्फत कम्पनी दर्ता प्रमाण पत्र लिएका ५२ वटा कम्पनीलाई लक्की ड्रमा सहभागि गराईएको ग्राफिक मार्ग प्रालीका प्रबन्ध निर्देशक जनक खड्काले जानकारी दिए ।

बिहीबार दिउँसो १ बजे खसी उपहारको लागि लक्की ड्र खोल्ने कार्यक्रमा ग्राफिक मार्गबाट कम्पनी दर्ता गराएका कम्पनी सञ्चालकहरुको रोहबरमा ९ वर्षीय बालिका रोजिना पौडेलले कुप्पन तान्दा भरतपुर–१०, चितवनमा रजिष्टर्ड कार्यालय भएको डि.एस.एल.आर.सेवा प्रा.लि.का सञ्चालक सन्तोष कुँवरलाई खसी उपहार परेको हो । बिहीबारै एक कार्यक्रमका बीच उपहार विजेता कुँवरलाई खसी हस्तान्तरण समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>