चितवन विशेष
भरतपुरमा इन्द्रेणी सामुदायिक वनको दुइदिने सरसफाइ

चितवन, असोज १६-
भरतपुर कविलासको इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्र खैरहनी चौर वरपर अनावश्यक रुपमा रहेको झाडी हटाएर सरसफाइ गरेको छ ।
उक्त क्षेत्रमा साललगायत अन्य विभिन्न बोट विरुवाहरु संरक्षण गर्न इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर गुरुङको संयोजकत्वमा दुईदिनसम्म सरसफाइ अभियान चलेको हो ।
कार्यक्रमलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना, प्रदेश नं. ३ हेटौडा मकवानपुर र इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूह भरतपुर–२९, कविलास चितवनको संयुक्त सहयोग रहेको थियो । सोही अवसरमा निर्माण ट्रि हाउस (मचान) क्षेत्र वरपर समेत सरसफाइ गरिएको छ ।
वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर गुरुङ, उपाध्यक्ष टीकाराम पौडेल, कोषाध्यक्ष रविन श्रेष्ठ, सचिव दूर्गा न्यौपाने, सहसचिव ईश्वरीप्रसाद अधिकारी, सदस्यहरु केशव थापा, सरिता थापा, मधुमाया गुरुङ, चन्द्रमान गुरुङ, चन्द्रमाया गुरुङ, ढुण्डीराज काफ्ले, आशबहादुर गुरुङ, मनिसरा गुरुङ, कृष्णप्रसाद भट्ट, लक्ष्मी लामा, जितना श्रेष्ठ, सावित्री लामिछाने, कोपिला भट्टराई, ईश्वरी विक, वनरक्षक होमबहादुर श्रेष्ठ, जयलाल श्रेष्ठलगायत सरोकारवाला स्थानीय बासिन्दाको समेत वनक्षेत्र वरवर सरसफाई अभियानमा सहभागिता रहेको इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सहायक आइतबहादुर गुरुङले जानकारी दिए ।






















