चितवन विशेष

बछौली नारी चेतनामा पुनः बबिताको नेतृत्व

Banner

चितवन, असोज १५–

रत्ननगर–६ मा रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको आज (बुधबार) सम्पन्न २१ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले पुनः बबिता चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले आगामी ४ वर्षे कार्यकालको लागि चौधरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा भागिरथी कुमारी घिमिरे, सचिवमा पवित्रादेवी घिमिरे, कोषाध्यक्षमा देवकी रिमाल र सदस्यहरुमा निलु खतिवडा, मिरा अधिकारी, सोममाया तामाङ, भगवती थापा, लक्ष्मी भट्टराई, सोममाया तामाङ र लक्ष्मी तामाङ चयन भएका छन् । अधिवेशनले लेखा समिति संयोजकमा शान्ता अधिकारी र सदस्यहरुमा माला दाहाल, लक्ष्मी खतिवडालाई चयन गरेको छ ।

कार्यक्रममा तीन जना असल बचतकर्ता, चार जना उत्कृष्ट ऋणी, छ जना शेयर वृद्धि, तीन जना असल बचतकर्ता, एसईईमा उत्कृष्ट अंक ल्याउने ११ जना, बृद्ध शेयर सदस्य तथा संस्थापक शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाकी व्यवस्थापक शारदा बिडारीले जानकारी दिइन् ।

साधारण सभामा अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सचिव पवित्रादेवी घिमिरेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्गा रिजालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको व्यवस्थापक बिडारीले जानकारी दिइन् । रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेफ्सुनका सञ्चालक भरत दुवाडी, जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष विद्या कोइराला, वडा नं ६ का वडा सदस्य किरण चौधरी, खैरहनी नारी चेतना बचत तथा ऋण सहकारी संघकी अध्यक्ष शुशीला उप्रेती, शेयर सदस्यहरु सुजता विष्ट, बनुई थरुनीलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>