चितवन विशेष

नेपाल महिला संघले भन्यो–‘राजीनामाले मात्र हुँदैन, सभामुख महरालाई हदैसम्मको कारवाही होस्’

०
Banner

चितवन, असोज १४–

नेपाल काँग्रेस निकट नेपाल महिला संघले बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई हदैसम्मको कानुनी कारवाही गर्न माग गरेको छ ।

संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले आज (मंगलबार) चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी कानुनी प्रक्रिया अनुसार सभामुख महरालाई कारवाही गर्न माग गरेका हुन् । उनले राजीनामा दिएर मात्रै नहुने भन्दै सर्वसाधरण नेपालीलाई जस्तै कानुनी कारवाही गर्न माग गरिन् । उनले भनिन्–‘सभामुख र सांसदबाट राजीनामा दिएर मात्र हुँदैन, हदैसम्मको कारवाही हुनुपर्छ ।’

अध्यक्ष रेग्मीले घटनालाई ढाकछोप गर्न र कारवाही प्रक्रियालाई फितलो बनाउन खोजिए नेपाल महिला संघले देशैभर आन्दोलन चर्काउने चेतावनी समेत दिईन् । ‘यो घटनालाई कुनै हिसाबले लुकाउन खोजिए हामी शसक्त प्रतिकार गर्छौ, देशैभर आन्दोलन चर्काउँछौं’–अध्यक्ष रेग्मीले भनिन् । उनले महिललाई खेलौनाको रुपमा लिइने परिपाटी अन्त्य गर्न समेत माग गरिन् ।

उनले आफूलाई घटना भएको दिन रातीनै पीडितले खबर गरेको भन्दै घटनाको वास्तविकता बुझ्दा घटना ढिलो बाहिर आएको बताइन् । उनले भनिन्–‘माननिय ज्यू, मलाई न्याय चाहियो भनेर फोन गर्नु भयो, मैले के भयो भनेर प्रश्न गर्दा सभामुखले बलात्कार गर्नुभयो भनेपछि म आश्चर्यमा परे ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>