चितवन विशेष
चितवनमा कैदीको अस्पतालमा मृत्यु
०

चितवन, असोज १४–
जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा विसं २०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो । अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो ।
उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















