चितवन विशेष

टेक म्याक्सको फ्रेन्चाइज स्वरुम भरतपुरमा,श्रृङखला खतिवडाले गरिन् उद्घाटन

Banner

चितवन, असोज १३ –

चितवनको भरतपुरमा पहिलो पटक मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम टेकम्याक्स ट्रेड प्रालि सन्चालनमा आएको छ। विश्वबिख्यात ब्राण्डका मोबाइल एसोसरिज पाइने चितवनकै एक मात्र स्वरुम टेकम्याक्स ट्रेड आज (सोमबार) बाट सन्चालनमा आएको हो ।

टेकम्याक्सको मिस नेपाल २०१८ श्रृङखला खतिवडाले आज एक कार्यक्रमकाबिच उद्घाटन गरिन् । उद्घाटन गर्दै श्रृङखलाले टेकम्याक्सका एसोसरिजहरु गुणस्तरीय हुने बताईन् । उनले आफु पनि केही समयदेखि टेकम्याक्सकै ब्राण्ड प्रयोग गर्दै आएको बताईन । “म हत्तपत्त विश्वास नगरी कुनै प्रोडक्ट प्रयोग गर्दिन उनले भनिन,’ तर एक पटक टेकम्याक्सको प्रोडक्ट प्रयोग गरेपछी मलाई यसमा विश्वास लाग्यो ।”

श्रृङखलाले टेक्स म्याक्समा पाइने एसोसरिजहरु गुणस्तरीय भएकोले नै यसको कार्यक्रममा उपस्थित भएको बताईन् । टेकम्याक्सको फ्रान्चाइज चितवनमापनि सन्चालन हुनु राम्रो बिषयभएको उनले बताईन । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले टेकम्याक्स परिवारलाई व्यवसायिक सफलताको शुभकामना दिए । यस्तै टेकम्याक्सका कार्यकारी निर्देशक सम्राट श्रेष्ठले एक बर्ष अघी शुरु गरेको टेकम्याक्सले छोटो समयमा राम्रो बजार लिएको बताए ।

उनले नेपालमा उच्च मुल्य तिरेर पनि कपी गरिएका प्रोडक्टहरु प्रयोग गर्नुपर्ने वाध्यता भएकोले त्यसको बिकल्प स्वरुप टेकम्याक्स शुरु गरिएको बताए । उनले हालसम्म चितवन सहित टेकक्याक्सको ५ वटा फ्रान्चाइज स्वरुम भएको जानकारी दिँदै निकट भविष्यमा यसलाई देशभर नै फैलाउने योजना रहेको बताए । चितवनमा आजबाट संचालन भएको स्वरुममा डब्लु के, होको, योरुम र लेन्यस ब्राण्डका मोबाइल एसोसरिजहरु उपलब्ध हुने संचालक सन्तोष पण्डितले जानकारी दिए । विश्वको ६० देशमा पाइने ब्राण्डेड एसोसरिजहरु उक्त स्वरुममा उपलब्ध हुने उनले बताए ।

उक्त स्वरुममा मोबाइलको ब्राण्डेड पावर बैंक, हेडफोन, ईएर फोन, स्पिकर लगायतमा एसोसरिजहरु पाइने अर्का संचालक गणेश भुषालले जानकारी दिए । सबै सामनहरुमा ६ महिनाको वारेन्टी समेत हुने उनले बताए । उक्त ब्राण्डका एसोसरिजहरु चितवनमा टेक्सम्याक्सले मात्र बिक्री गर्न पाउने भुषालले जानकारी दिए । ब्राण्डेड समानका पारखीहरुलाई मध्यानजर गर्दै टेकम्याक्स सन्चालन गरेको उनको भनाई छ । टेकम्याक्समा पाइने ब्राण्डका एसोसरिजहरु विश्वभर नै प्रख्यात रहेको छ । बिशेषगरी दक्षिण पुर्वी एसियामाति ब्राण्डहरु निकै प्रख्यात रहेका छन् । विश्वका ५ सयभन्दा बढी स्टोरहरुमा ति ब्राण्डका एसोसरिजहरु उपलब्ध रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>