कृषि

रत्ननगरमा दूध विविधिकरण परियोजनाको काम सुरु

Banner

चितवन, असोज १३-

रत्ननगर नगरपालिकाका चार वडालाई लक्षित गरी दूध उत्पादन, बजारीकरण र विविधिकरणको लागि स्थापित परियोजनाले काम सुरु गरेको छ ।

हेफर इन्टरनेसनल नेपालको सहयोगमा महिला समन्वय समिति चितवनले पशु वस्तुको मूल्य श्रंखलामा आधारित साना किसानको संस्था सवलीकरण नाकम सो परियोजना सुरु गरेको हो ।

शान्तिकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्थालाई केन्द्रबिन्दु बनाएर वडा नं १०, ११, १२ र १३ का पशुपालक किसानको हित काम गर्ने गरी परियोजना सुरु भएको रत्ननगरका मेयर नारायण वनले बताए । पशुपालनको विकास, दूधको उत्पादन बृद्धि, परिकार निर्माण र पशुको उपचारमा सहयोग गर्ने गरी परियोजना सुरु भएको मेयर वनले बताए ।

शान्तिकुञ्ज सहकारी मार्फत् किसानको दूध संकलन, दूधको परिकार बनाउने, पशुको आहार उत्पादन गर्ने, पशु भ्याक्सिन कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक सीता पौडेलले जानकारी दिइन् । परियोजनाको व्यवस्थित सञ्चालनको लागि सोमबार रत्ननगरका मेयर नारायण वन अध्यक्ष रहेको परियोजना व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष उपमेयर विमला दुवाडी, सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल र सदस्यहरुमा वडा नं १० का वडाध्यक्ष केशव आचार्य, ११ का वडाध्यक्ष शशिभक्त न्यौपाने, १२ का वडाध्यक्ष वीरबहादुर पाख्रिन,१३ का वडाध्यक्ष चित्रबहादुर भण्डारी, आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई, कार्यपालिका सदस्यहरु निर्मला खड्का, मानकुमारी विक, सामाजिक विकास अधिकृत विश्वास श्रेष्ठ, पशुपंछी शाखा प्रमुख शालिग्राम पौडेल, शान्तिकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्थाकी उपाध्यक्ष निर्मला दंगाल, हेफरका कार्यक्रम निर्देशक सकुन्तला रसाइली, समन्वय समितिकी अध्यक्ष गोमादेवी भट्टराई रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले गरिब तथा विपन्न वर्गका किसानको उत्थानको लागि कार्यक्रम केन्द्रित गर्न निर्देशन दिएका छन् । उपमेयर विमला दुवाडीले परिणाममुखी काम गरेर पशुपालनको विकासमा उदाहरणीय बन्न परियोजनालाई आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>