चितवन विशेष

सौराहाका तीन संस्थाका नयाँ समितिलाई सम्मान र बधाई

Banner

चितवन, असोज १२–

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सौराहामा रहेका तीन संस्थाका नयाँ समितिलाई सम्मान गरेको छ ।

आज (आइतबार) वनकै कार्यालयमा आयोजित एक कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहा, रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहा र साना पर्यटन समूह सौराहाका नवनिर्वाचित समितिलाई बधाई तथा सम्मान गरिएको हो । वनका अध्यक्ष जितु तामाङले क्षेत्रीय होटल संघ सौराहा अध्यक्ष दीपक भट्टराई, रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहा अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडा र साना पर्यटन समूहकी अध्यक्ष सरस्वती चालिसेलगायत पदाधिकारी तथा सदस्यहरुलाई खादा र टिकाले सम्मान गरे ।

सो क्रममा उनले नयाँ समितिबाट सौराहाको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरी, जंगीलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>