चितवन विशेष
फेसबुकमा मेयर रेनु दाहाललाई जथाभावी लेख्ने एक जना पक्राउ
६

चितवन,असोज १२-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने,स्टाटस राख्ने एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्वी चितवनका पशुपती श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । उनलाई साइबर क्राइम अन्तर्गत मुद्धा चल्ने चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।
फेसबुकमा जथाभावी लेख्ने विरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको थियो । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो । शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>