चितवन विशेष
नेपाली कांग्रेस चितवनले भन्यो: शाहीमाथि कुटपिट सत्ताको आडमा दमन
०

चितवन, असोज १२-
नेपाली कांग्रेस चितवनले शनिबार ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिट सत्ता र शक्तिको आडमा दमन भएको बताएको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको हस्ताक्षरमा आज प्रेषित विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्नो असहमति राख्न पाइने संविधान प्रदत्त अधिकार हुँदाहुँदै पनि संविधानिक अधिकार कुण्ठित हुने गरी शाहीमाथि नेकपाका कार्यकर्ताहरुद्वारा कुटपिट भएको भन्दै घटनाको भत्सर्ना गरेको छ ।
कांग्रेसले हरेक व्यक्तिको विचारमाथि सहमति र असहमति दुवै राख्न पाइने संवैधानिक व्यवस्था हुँदाहुँदै सत्ता र शक्तिको आडमा विचारलाई दबाउन खोज्नु लोकतन्त्रमाथिको आक्रमण भएको जनाएको छ । यस्ता अराजक गतिविधि बन्द गर्न पनि कांग्रेस चितवनले माग गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>