चितवन विशेष

बालकुमारी माविको स्वर्णस्तम्भको शिलान्यास

Banner

चितवन, असोज १२-

नारायणगढको बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव मनाउन आज स्वर्णद्धार, स्वर्णस्तम्भ र स्वर्ण मञ्चको शिलान्यास गरिएको छ ।

भरतपुर महानगरका वडाध्यक्ष जयराम श्रेष्ठले स्वर्णमञ्च, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले स्वर्णस्तम्भ र बालकुमारी माविका पूर्वप्रधानाध्यापक सरदरन्जन श्रेष्ठले स्वर्णद्वारको सिलान्यास गरेका हुन् ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानले सरस्वतीको मूर्ती र व्यवस्थापन समितिका पूर्वअध्यक्ष जवाहरलाल प्रधानले रजत स्तम्भको पुर्नस्थापना गरेका थिए । झण्डै १५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको स्वर्णमञ्चको भरतपुर महानगरपालिका र वाड नं. १ ले ५÷५ लाख रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै १० लाखको लागत अनुमान गरिएको स्वर्णस्तम्भ बनाउन पाँच लाख सहयोग गरेको उवासंघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए । सो माविका पूर्वविद्यार्थीले स्वर्णमञ्च बनाउन पाँच लाख रुपैयाँ सहयोग गरेको एलमुनाइका अध्यक्ष बद्रिलाल प्रधानले बताए

यसैगरी बालकुमारी माविका पूर्वविद्यार्थीहरुले आइतबार नै दसँै र तिहारको अवशरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेका छन् । सो कार्यक्रम बालकुमारी अल्मुनाई एशोसियसनले आयोजना गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>