मकवानपुर
मकवानपुरमा दुर्घटना, तीन जनाको मृत्यु
०

हेटौंडा,असोज ९-
मकवानपुरमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो । यस्तै भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी १८ वर्षीय उमेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सो दुर्घटनामा तीन जना घाइते भएका छन् । आजै चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ३५५६ नं को बसको ठक्करबाट नाम र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक राम बालकले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>