चितवन विशेष
भरतपुर–१६ मा उपनिर्वाचन मङ्सिर १४ मै हुने
०

भरतपुर,असोज ९-
निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका–१६ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि असोज ७ गतेसम्ममा मतदाता नामावलीमा नाम दर्ता भएका र १८ उमेर पूरा भएका मतदाता मात्र कायम रहने व्यवस्था गरेको छ । असोज ७ गते सरकारले उक्त वडामा पनि मङ्सिर १४ गते नै उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।
यस्तै आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















