देश/प्रदेश

छोटा चलचित्र प्रतिस्पर्धामा मधुमालतीको कथा र जोगी उत्कृष्ट

Banner

काठमाडौं, असोज ८

छायाछवि क्रियशनले काठमाडौँमा गरेको चौंथो काठमाण्डु सर्ट फिल्म फेष्टामा छोटो चलचित्र मधुमालतीको कथा उत्कृष्ट भएको छ ।

फिक्सनतर्फ शुभाष गजुरेल निर्देशित लघु चलचित्र मधुमलतीको कथा उत्कृष्ट भएको हो ।

डकुमेन्ट्री तर्फ भने दयाराम घिमिरे निर्देशित ‘जोगी’ उत्कृष्ट भएको छ । मधुमालतीको कथा प्रसिद्ध साहित्यकार रमेश विकलको बाल मनोविज्ञानमा आधारित कथा हो भने ‘जोगीमा राति फिरी लगाउँदै हिड्ने जोगीको दैनिक यात्रालाई समेटिएको छ । फिक्सन तर्फ उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवम् डकुमेन्ट्रीमा उत्कृष्ट बन्न सफल डकुमेन्ट्रीले नगद राशीसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

यस्तै फेष्टामा परिच्छेद सेन निर्देशित ‘मदर’ले जुरी अवार्ड पाएको छ । यस्तै मानबहादुर बस्नेत निर्देशित ‘हलो’लाई बेष्ट कन्सेप्ट÷स्क्रिप्ट सर्ट फिल्मको अवार्ड प्रदान गरिने भएको छ । यस्तै दिपक थापा निर्देशित डकुमेन्ट्री गुप्तेश्वर महादेव गुफाले पब्लिक च्वाइस अवार्ड हात पारेको छ । यस्तै शेखर खनाल निर्देशित विश्वकै होचा व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिविम्बले बायोपिक डकुमेन्ट्रीको अवार्ड पाएको छ ।

फेष्टामा हेम प्रभाष निर्देशित ‘द माक्स’ र पनाह अधिकारी निर्देशित ‘आमा’लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिने भएको छ । फेष्टामा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजक तथा संगीतकार एवम् समीक्षक सन्तोष श्रेष्ठ र रंग पत्रकार÷समीक्षक गीता अधिकारी निर्णायक रहेका थिए ।

यस्तै दोस्रो सर्ट फिल्म फेष्टामा उत्कृष्ट बन्न सफल फिक्सन तर्फको सर्ट फिल्म बीबी फुयाँल निर्देशित रक्तभोग एवम् डकुमेन्ट्रीतर्फ उत्कृष्ट बन्न सफल रोशनी केसी निर्देशित ‘तीज’ तथा तेस्रो सर्ट फिल्म फेष्टामा उत्कृष्ट बन्न सफल फिक्सन तर्फको सर्ट फिल्म सञ्जय पाण्डे निर्देशित प्रेमदिवस एवम् डकुमेन्ट्री तर्फ विकास घले गुरुङ निर्देशित ‘मास’ कोरियोग्राफ नेपाल एवम् बायोपिक तर्फ मनिष पन्त निर्देशित ‘नर सिंह’ उत्कृष्ट भएका थिए । यी सबै उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवम् डकुमेन्ट्रीलाई दशैं–तिहारको बीचमा आयोजना हुने एक समारोहका बीच अवार्ड प्रदान गरिने छायाछविले बताएको छ ।

पछिल्लो समय छोटा चलचित्र निर्माण बढ्दो छ । खासगरी फिल्म अध्ययनसम्बन्धी इस्टिच्युट एवम् कलेज खुले यता छोटा चलचित्रले पनि चलचित्रको बजार बनाउन भूमिका खेलिरहेका छन् । बढ्दो निर्माण र तिनीलाई प्रोत्साहन मिलोस् उचित स्थान पाउन सकुन् भनेर यसरी छोटा चलचित्रको मेला एवम् प्रतिस्पर्धा गराउन थालेको छायाछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । चलचित्रको व्यापार डगमगाइरहने अवस्थामा छोटा चलचित्रबाट चलचित्रको नयाँ बजार स्थापित गर्न सकिने उद्देश्य रहेको पनि अध्यक्ष प्रियले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>