चितवन विशेष

रोटरी क्लबद्वारा भरतपुर कविलासको विद्यालयलाई सहयोग

Banner

चितवन, असोज ७-

नारायणगढ रोटरी क्लबले भरतपुर महानगरपालिका–२९ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय ढोडेनीमा एक लाख ६५ हजार रुपैयाँ बराबरको फर्निचर सहयोग गरेको छ ।

क्लबका अध्यक्ष सुसनलाल प्रधानले विद्यालयका प्रधानाध्यापक भीमबहादुर गुरुङलाई दराज, कुर्ची, टेबुल र डेस्कहरू जस्ता फर्निचर सहयोग गरेका हुन् । क्लबले चितवन र यस वरपरका क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, खानेपानी र समुदायको हितका लागि विभिन्न सहयोग कार्यक्रमहरू गरिरहेको छ । सोही विद्यालयका विद्यार्थीका लागि गत वर्ष क्लबले स्वेटर, खेलकुद र स्टेशनरी सामग्रीहरू वितरण गरेको थियो । डिष्ट्रिक्ट ग्य्रान्टअन्तर्गत आज विद्यालयको लागि अत्यावश्यक फर्निचरहरू सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताए ।

त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुङले नारायणगढ रोटरी क्लबद्वारा विद्यालयलाई गरिएको सहयोगको लागि आभार प्रकट गरे । उनले क्लबका सदस्यहरूको मन ठूलो भएको भन्दै आगामी दिनमा पनि सहयोगका हातहरू अगाडि बढ्दै जाओस् भनि शुभकामना व्यक्त गरे । क्लबका पूर्वअध्यक्ष सञ्जय श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम सचिव यज्ञमुनि बज्राचार्यले सञ्चालन गरेका थिए ।

 

क्लबका पूर्वअध्यक्ष रमेश श्रेष्ठले यस किसिमका सहयोग प्रदान गर्ने क्रममा बाह्य स्रोतबाट रकम प्राप्त हुने नभई क्लबका सदस्य साथीबाटै रकमहरू संकलन गरी सहयोग प्रदान गरिँदै आएको बताए । कार्यक्रममा विद्यालय व्यस्थापन समितिका पूर्वअध्यक्ष जगत लामा, जेष्ठ सदस्य ईन्द्रमाया लामा, शिक्षक अभिभावक संघका अध्यक्ष भक्तबहादुर गुरुङ र सल्लाहकार सूर्यबहादुर लामाको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू सुमनकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ तथा सदस्यहरू गुणेश्वर महतो, श्याम खरेल र सेवन पन्तलगायत स्थानीय अभिभावकको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>