चितवन विशेष
भरतपुरको कार्टुन उद्योगमा भिषण आगलागि, १४ घण्टामा पनि नियन्त्रणमा आएन(तस्वीर/भिडियो)

चितवन, असोज ७-
चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रा.लि.) मा आज (मंगलबार) भिषण आगलागि भएको छ । विहान ३ बजेदेखी लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
साँझ पाँच बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । उद्योगमा कागजको ठूलो ठूलो रोलिङ भएकाले नियन्त्रणमा समस्या भएको वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीले जानकारी दिए ।
विहानैदेखि पाँचवटा दमकलको माध्यामबाट निरन्तर आगो नियन्त्रणको प्रयास गरिएको छ । भरतपुर महानगरपालिकाको दुईवटा दमकल,खैहरनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको एक/एक दमकल आगो नियन्त्रणका लागि प्रयोग गरिएको छ । नेपाली सेना,प्रहरी र स्थानिय आगो नियन्त्रणमा खटिएका छन् ।
विहान चट्याङ परेपछि आगो लागेको स्थानीयको भनाइ छ । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ ।