समाज

‘स्वस्थ मासु’ भन्दै पशु सेवा विभागले गाईको फोटो राखेपछि..

Banner

काठमाडौं,असोज ७-

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने सरकारको लोगो सहितको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्चाएको जनाएको छ । गाईलाइ मासुजन्य जनावरको रुपमा प्रचार गरेको प्रति राप्रपाले आपत्ति जनाएको थियो ।

‘दशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन ।

यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’, राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>