क्रिकेट
सीपीएलः जमैकाविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए २ विकेट
०

काठमाडौं, असोज ७–
वेष्ट इण्डिजको क्यारेवियन प्रिमियर लिग क्रिकेट (सीपीएल)मा नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
मंगलबार भएको खेलमा सन्दीपको टिम बार्वाडोसले जमैका तलवालाई १२७ रनमा अल आउट गर्दा सन्दीपले महत्वपूर्ण २ विकेट लिन सफल भएका थिए । पुरा ४ ओभर नै बलिङ गरेको सन्दीपले १७ रन खर्चिँदै कप्तान चाड्विक वाल्टन र ड्वान सिम्थलाई आउट गरेका थिए । सीपीएलको यो सिजनमा सन्दीपको विकेट संख्या ८ पुगेको छ ।
वार्बाडोसमा आवद्ध सन्दीप मंगलबारको खेलपछि नेपाली राष्ट्रिय टोलिले खेल्ने सिरिजका लागि सिंगापुर जानेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>